Logo

पार्टी एकता गरेकोमा प्रचण्डलाई पश्चताप



काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेकोमा पश्चताप लागेको आशयको अभिव्यक्ति दिएका छन् । उनले एकताका लागि पनि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको स्विकारे ।

राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताएका हुन् । कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने बताए ।



प्रतिक्रिया दिनुहोस्