Logo

मदनकृष्ण श्रेष्ठको दाबी : राजसंस्था कहिल्यै फर्किदैन (भिडियोसहित)



काठमाडौं, ३२ साउन । बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा अब राजसंस्था कहिल्यैपनि नफर्किने दाबी गरेका छन् । शुक्रबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरिष्ठ कलाकार श्रेष्ठले यस्तो सनसनीपूर्ण दाबी गरेका हुन् । पछिल्लो समय तपाईको दिनाचार्य कसरी बित्छ ? भनेर सोधिएको प्रश्नमा उनले सामाजिक संस्थाहरुले गरेका विभिन्न कार्यक्रममा प्रायः सरिक हुने गरेको सुनाए ।

नेपालका नेताहरुले आफूलाई ईमानदारीतामा राखेर काम गरे मुलुकको विकास हुने पनि उनको विश्वास छ । तर, नेताहरुमा ईमानदारिता नदेखेको उनको गुनासो छ । मुलुक भ्रष्टाचारले आक्रान्त बनेको पनि उनको अर्को गुनासो छ । विभिन्न कार्यालयमा जाँदा पैसा नखुवाईकन कुनै काम नै नहुने गरेको गुनासोहरु आफूहरुले पाएको श्रेष्ठको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्