Logo

हिंसा नत्यागे विप्लसँग सरकारले वार्ता गर्दैन् : मन्त्री ज्ञवाली



गुल्मी, ३२ साउन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिंसा त्यागेर वार्तामा आउन आग्रह गरेका छन् । उनले हिंसा त्यागेर आए वार्ताका लागि सरकार तयार रहेको धारणा राखे ।

गुल्मी पुगेका ज्ञवालीले शनिबार पत्रकारहरूसँगको कुराकानीमा यस्तो आग्रह गरेका हुन् । उनले भने, ‘सरकारलाई हिंसा स्वीकार्य छैन। नागरिकको जीउधनको सुरक्षा गर्ने सरकारको दायित्वभित्र पर्छ।’

उनले हिंसाले कसैलाई पनि फाइदा नगर्ने भएकोले विप्लवलाई हिंसा छाडेर वार्तामा आउन आग्रह गरेका हुन्। मन्त्री ज्ञवालीले भने, ‘हिंसा नछाड्ने हो भने वार्ताको औचित्य छैन। कार्यकर्ता छुटाउनका लागि वार्ता भनेर मात्रै हुँदैन।’ file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot