Logo

भारतीय पूर्व प्रसिद्ध क्रिकेट खेलाडी चन्द्रशेखरले गरे आत्महत्या



काठमाडौं, ३२ साउन । भारतीय पूर्व प्रसिद्ध क्रिेकेट खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन्। उनले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशङ्का गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ ।

‘५७ बर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,’ अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताए।

मोरूगनले एएफपीसँग भने, ‘हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ । हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उहाँको शवको परीक्षणपछि थप विवरण आउनेछ ।’ एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्