Logo

जर्मन बुण्डेस लिगा : बार्यन म्युनिख हेर्था बर्लिनसँग बराबरीमा रोकियो



काठमाडौं, ३२ साउन । जर्मन बुण्डेस लिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखले अंक बाँडेको छ। घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिख हेर्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएपछि म्युनिखले अंक बाँडेको हो।

सो खेलमा बार्यनले खेलको २४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता कायम गरेको थियो। त्यसपछि १-० ले पछि परेको हेर्थाले २ मिनेटको अन्तरालमा लगातार दुई गोल गर्दै पहिलो हाफको समाप्तीमा बार्यन म्यूनिखलाई २-१ ले पछि पार्‍यो।

उसका लागि ती गोलहरू खेलको ३६ तथा ३८ औं मिनेटमा क्रमशः लुकेबाकीओ र ३८ औँ मिनेटमा ग्रुजिकले गोल गरेका थिए । पहिलो हाफमा २-१ ले पछि परेको म्यूनिखका लागि टोलीलाई सुरूवाती अग्रता दिलाएका लेवान्डोस्कीले खेलको ६० औं मिनेटमा दोश्रो गोल गर्दै बराबरीमा ल्याए।

उनले सो गोल पेनाल्टीमार्फत गरेका हुन्। त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमा सकियो। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्