Logo

अक्षय कुमार अभिनित ‘मिशन मंगल’ को ब्लकबस्टर ओपनिङ (भिडियोसहित)



काठमाडौं, ३२ साउन । अक्षयकुमार, विद्या बालन, तप्सी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, शरमन जोशी, नित्या मेनन् स्टारर ‘मिशन मंगल’ले ब्लकबस्टर ओपनिङ गरेको छ। भारतीय स्वतन्त्रता दिवसको दिन बिहिबार रिलिज भएको सिनेमाले पहिलो दिन २९.१६ करोडको भारू कमाइ गर्दै ब्ल्कबस्टर सुरूवात गरेको हो।

सिनेमाले भारतीय वैज्ञानिकहरूको मंगल अभियानलाई अर्ध-जीवनीका रूपमा पेस गरेको छ। सिनेमालाई जगन शक्ती निर्देशन गरेका हुन्। बलिउड बजार विश्लेषकहरूले आइतबारसम्म सिनेमाले सय करोडको आँकडा छुने अनुमान गरेका छन्।

हेर्नुहोस मुभिको Trailer 



प्रतिक्रिया दिनुहोस्