Logo

सैफ अलि खानको नयाँ सिनेमा ‘लाल कप्तान’को टिजर सार्वजनिक (भिडियोसहित)



मुम्बई, ३२ साउन । सैफ अलि खानको नयाँ सिनेमा ‘लाल कप्तान’को टिजर सार्वजनिक भएको छ। टिजर शुक्रबार सार्वजनिक भएको हो। सार्वजनिक टिजरमा उनलाई खतरनाक लुकमा देखिएका छन्। सो लुकमा उनलाई नागा साधुको भेषमा देखिएको छ।

सिनेमा ११ अक्टुबरमा रिलिज हुनेछ। सिनेमालाई ‘एनएच१०’ निर्देशक नवदीप सिंहले निर्देशन गरेका हुन्। सिनेमामा सैफको दोहोरो भूमिका हुने बताइएको छ। सिनेमाले बदलाको कथा पेस गर्छ।

सिनेमामा सैफका अलावा जोया हुसैन, दीकप डोबरियाल र मानव बिजको समेत प्रमूख अभिनय रहेको छ। अगस्ट १५ मा उनी अभिनित चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’ नेट फ्लिक्समा रिलिज भएको छ।



प्रतिक्रिया दिनुहोस्