Logo

पूर्व युवराज पारसको अर्धनग्न तस्वीर



काठमाडौं । पूर्व युवराज पारसको अर्धनग्न तस्वीर पूर्वप्रेमिका कन्निका चैयासर्नले सार्वजनिक गरेकी छिन् । तस्वीरमा बसिरहेका पारसले कम्मर माथि कपडा लगाएका छैनन् । उनको पाखुरामा टाटो स्पष्ट देखिन्छ ।

 

थाइल्यान्डकी कन्निकासँग पारसको केही वर्ष प्रेमसम्बन्ध थियो । पारस थाइल्यान्ड बस्दा कन्निकासँग बसेका थिए । आफूसँग पारस बस्दाका तस्वीरहरु संकलन गरेकी उनले बेला बेलामा फेसबुकमार्फत् पोष्ट गरिरहन्छिन् ।

पारसलाई याद गरेको भन्दै उनले फोटो पोष्ट गरेकी छिन् । उनले पारसलाई आकर्षक पुरुष समेत भनेकी छिन् । परिवारसँग टाढिएर पूर्व युवराज पारस बैंकक बसेका थिए । उनी लागूऔषधको लतमा समेत परेका थिए । थाइल्यान्ड प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो । घटनापछि नेपाल फर्किएका उनी अझै परिवारसँग नजिक छैनन् । तस्वीर स्रोतः कन्निकाको फेसबुक



प्रतिक्रिया दिनुहोस्