Logo

काम नगर्ने कम्पनीको लाईसेन्स रद्द गर्ने मुख्यमन्त्रीको चेतावनी



शरद रेग्मी : हापुरे श्रावण ३२ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले निर्माणको जिम्मा लगेका निर्माण ब्यबसायिहरुले समयमै काम गर्न नसके उनीहरुको लाईसेन्स रद्द गर्ने चेतावनी दिएका छन् ।

शनिबार दाङको बबई गाउँपालिका–५ पदमपुरमा निर्माण गरिएको बहुउद्देश्यीय सभाहलको उद्घाटन गर्न पश्चिम दाङ पुगेका मुख्यमन्त्री पोखरेलले समय सिमासम्म पनि काम सम्पन्न नगर्ने ठेकेदारहरुको लाईसेन्स कानुन निर्माण गरेर भएपनि रद्द गर्ने चेतावनी दिएका हुन।

उनले भने,‘जसले निर्माणमा बर्षाै ढिलाइ गरिरहन्छ उसकै समरक्षणमा राजनीतिक दलहरु लागेको देख्दासमेत आफु भएको छु ।’ उनले ठेकेदारहरु राजनीतिक दलहरुको समरक्षणमा भएकै कारण यता बिकास निर्माणले गति लिन सकेको छैन तर अबदेखि हामिले कानुन बनाएरै भए पनि कर्बा्हिको प्रकृया अगाडि बढाउने तयारीमा छौ मुख्यमन्त्री पोखरेलले भने । प्रदेश सरकारको ६० लाख लागतमा निर्माण गएिको सभाहलको मुख्यमन्त्री पोखरेलले आज उद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्