Logo

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता



काठमाडौं, ३२ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा शनिबार आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन।

पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको उनको भनाई थियो ।

प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे ।

विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उनले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्