Logo

लिभरपुर र आर्सनलको कठिन जीत



इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले कठिन जित निकालेका छन् । १७ अगष्टमा भएको खेलमा आर्सनलले घरेलु मैदानमा बर्नलेमाथि जित निकाल्यो । खेलमा लाकाजेटीको गोलले शुरुवाती अग्रता लिएपनि बर्नलेले बार्निसको गोलबाट बराबर गर्यो । दोश्रो हाफमा आर्सनलका औबामियाङको गोल निर्णायक भयो ।

लिभरपुलले साउथएम्पटनमाथि २-१ को जित निकाल्यो । लिभरपुलले दुई गोलको अग्रता लिएपनि ८३ औं मिनेटमा साउथएम्पटनले गोल गरेपछि कडा प्रतिष्पर्धा भएको थियो ।

यसैगरी, बर्नमाउथले एष्टनमिल्लामाथि २-१ को जित निकाल्यो । इभर्टनले वार्टफर्डलाई १-० ले पराजित गर्यो । न्युकासलमाथि हालैमात्र ए डिभिजनमा बढुवा भएको नर्विकले ३-१ को जित निकाल्यो । ब्रिगटन र वष्टहेमबीचको खेल १-१ को बराबरीमा टुंगियो ।



प्रतिक्रिया दिनुहोस्