Logo

वामदेव गौतमलाई सनक चल्छ-अग्नि सापकोटा



नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता अग्नी सापकोटा अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । उनीसँग नेकपाको सिद्धान्त र नीतिका अलावा पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलाले लिएको विशेष अन्र्तवार्ताः

नेपाल कम्युनिष्ट पार्टीको निती के हो त ?
पार्टीको निती जनताको जनवाद हो ।

तर वामदेब गौतमले अर्को निती ल्याउनुभएको छ नि, समाजवादतिर जानुपर्छ भन्नुभएको छ ?
वामदेवजीलाई कहिले के सनक चल्छ । बामदेवजीको व्यक्तिगत कुरा नगरौँ । तर, पार्टीको आधिकारिक औपचारिक, कार्यनीतिको सिद्धान्त भनेको अहिले जनताको जनवाद हो । मार्गनिर्देशन सिद्धान्त माक्र्सवाद, लेनिनवाद हो । हामी अहिले समाजवादको तयारीमा छौ । समाजवाद अहिले नै लागू गर्न सकिन्छ भन्ने होइन । किनभने संविधानमा पनि समाजवाद उन्मुख राज्य व्यवस्था भनेको छ ।

समाजवादका आधारहरु तयार पार्ने दिशातिर हामी अग्रसर हुन्छौ र वैचारिक बहस अहिले त्यत्ति भएको छैन । किनभने हामी जब एकता प्रक्रिया टुङ्गाई सकेपछि महाधिवेशनको मोटामोटी यो समयमा हुन्छ भनेर समय तोकिसकको छ । त्यसपछि हाम्रो वैचारिक बहस खुल्ला हुन्छ । त्यतिखेर हाम्रो माक्र्सवाद, लेनिनवाद, माओवाद, बहुदलीय जनवाद, २१ औँ शताब्दीको जनवादलाई पनि स्थगित गरिएको छ ।
यी यावत विषयहरु मार्गनिर्देशन सिद्धान्त, कार्यनैतिक सिद्धान्त, दृष्टिकोण, रणनीती, कार्यनीति यी समग्र विषयमा हाम्रो महान बहसको प्रक्रिया सुरु हुन्छ । अहिले त हामीले सामान्य कार्यनैतिक सिद्धान्त प्रयोग गरेका छौ । त्यसकै आधारमा हामी अगाडि बढेका छौ । तर विलम्ब के मा भईरहेको छ भने पहिला एकताको बेलामा बनेको वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको प्रतिवेदन पनि सार्वजानिक गर्ने भनेको छ । छापामा जाने भनेको छ । तर त्यो भर्खर प्रकाशित भएको छ । तर, पछिल्ला बैठकका प्रतिवेदन पनि सार्वजानिक भएका छैनन् । त्यो सावैजानिक हुँदा सँगै पार्टीले फेरी एउटा गति लिन्छ र पार्टीका धेरै जसो काम अहिले पुरा भएको छ ।
अहिले जिल्लासम्मको नेतृत्व चयन भएको हुँदाजिल्ला देखि वडासम्मको काम जिल्लाले गरिहाल्छ । मूल नेतृत्वको टीम पनि बनेको हुनाले मूल नेतृत्वले पनि तलसम्म काम गरिहाल्छ । विभाग, आयोग र परिषदहरु टुंगिइसके ।

तर नेपाल कम्युनिष्ट पार्टीको सरकार बनिसकेपछि धरैलाई विश्वास र भरोसा गरेका थिए र तपाईहरुको जुन स्रोत चिन्तन थियो अब देशमा विकास र आर्थिक क्रान्ति गर्ने सम्पन्न नेपाल बनाउने भनेको त्यो त अब छायाँ प¥यो । नेपाली जनता अहिले आक्रोसित भएका छन् । जनतामा निराशा छाएको छ नि ?
जनता निराश त भएका छैनन् । जनतामा तिव्र छटपटी पैदा भएको छ । प्रश्नहरु उठेका छन् । महान ऐतिहासिक अवसर कतै गुम्दै त छैन ? यस्तो आशंका उत्पन्न भएको छ । यी जनताका प्रश्नहरुको बारेमा गम्भीरतापूर्वक आत्मसात गरेर समीक्षा गर्दा अझै पनि समय घर्किसकेको छैन । पार्टीलाई सुदृढ गरेर अगाडि जाने हो भने एउटा आधार तयार भएको छ । कानुन निर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्ने सम्बन्धी दुई देश बीचको सम्बन्ध अहिले तुलनात्मक रुपमा राम्रो भएको छ । एउटा रणनैतिक र दीर्घकालिन कामहरुको राम्रो आधार बनेको छ । सेवा दिने कुराहरु जनताका समस्या समाधान गर्ने कुराहरु, सुशासन कार्यमा गर्ने कुराहरु, भ्रष्टाचार नियन्त्रण गर्ने कुराहरुमा जनताका प्रश्नहरु छन् । ती प्रश्नलाई विनम्रतापूर्वक आत्मसात गरेर उत्तर दिदै गईयो भने समय घर्किसकेको छैन ।

तर तपाईहरुले १८ महिनामा केही गर्न सक्नुभएन नि ?
यो असत्य धेरै जटिल पेचिलो कुरा हो । हामी नयाँ प्रयोगमा छौ । यो सानो कुनै टीमले कुनै एउटा व्यक्तिको विलक्षण क्षमताले मात्र पार लाग्ने कुरा होइन । यो सामाजिक केन्द्रीकृत अभिव्यक्तिद्धारा नै अगाडि लानुपर्ने, पार्टी एकता र सुदृढीकरणमा पार्टी अध्यक्षको ध्यान केन्द्रित हुनुपर्नेमा त्यतातिर केन्द्रित भईरहेको छैन । उहाँहरुको बीचमा समझदारी एकरुपता कायम नभएका कुराहरु बाहिर आउने गर्छन् । हाम्रो एकता यसरी बढ्न पर्ने कि यो दुईटा भौतिक वस्तुको ज्वलन्त जस्तो नभएर एउटा रासायनिक प्रक्रिया सहित नयाँ हिजोको नेकपा एमाले पनिहोइन र नेकपा माओवादी केन्द्र पनि होइन दुईटै मिलेर सकरात्मक पक्षलाई संश्लेषण गरेर एकताका लागि जुन बुद्धि विवेक क्षमतासहित ध्यान केन्द्रित गर्नुपथ्र्यो त्यो ध्यान केन्द्रित नगरेकै कारणले समस्याहरु देखा परेका छन् ।

तर तपाईको पार्टी भागबण्डामा गयो नि ? एउटा स्कुल विभागको प्रमुख बनाउन तपाईलाई यस्तो हम्मे परेको होइन ?
त्यो त आवरणमा देखिएको कुरा मात्र हो । निमित्त कारण मात्र हो । फेरी मलाई नै भन्नु हुन्छ भने यसलाई यत्ति धेरै विवादमा ल्याउनु पर्ने थिएन । वास्तवमा त्यो विभाग सचिवालयका सबै अरु ठूला ठूला काममा लाग्नुपर्ने भए स्थायी समितिमा दिएपनि हुन्थ्यो । अनावश्यक चर्चामा ल्याइयो ।



प्रतिक्रिया दिनुहोस्