Logo

म्यानचेस्टर सिटी र टोटनहेमबीच बराबरी



इंग्लिस प्रिमियर फुटबल लिगअन्र्तगत म्यनचेस्टर सिटी र टोटनहेम हर्सपरले २२ को बराबरी खेलेका छन् । लिग विजेता सिटीले दुईपटकको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो । सिटीको घरेलु मैदानमा टाटनहेमले कडा टक्कर दियो ।

इपिएल विजेता सिटी र टाटनहेमबीचको खेललाई महत्वका साथ हेरिएको थियो । सिटीका लागि रहिम स्टर्लिङ र अर्जेन्टिनी स्टार सेरगई अगुइरोले गोल गरे । टोटनहेमका लागि लमेला र लुकास मौराले गोल गरे ।



प्रतिक्रिया दिनुहोस्