Logo

इतिहासमा आजः राजा महेन्द्रले जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाएका थिए



काठमाडौं । १ भाद्र नेपालमा जातीय विभेद र छुवाछूतको कुप्रथालाई अन्त्ग गर्ने ऐतिहासिक दिन हो । १ भाद्र, २०२० मा तत्कालिन राजा महेन्द्रले मुलुकी ऐन संशोधन गरेर जातीय विभेद र छुवाछूतको कुप्रथालाई अन्त्य गरेको घोषणा गरेका थिए ।

ऐनमा संशोधनपछि नेपालमा पहिलोपटक छुवाछूत जस्तो अमानवीय कार्य गर्नेमाथि दण्डसजाय तोकिएको थियो । समाज सुधारका क्षेत्रमा तत्कालिन राजा महेन्द्रबाट चालिएको कदम सदास्मरणीय छ ।



प्रतिक्रिया दिनुहोस्