Logo

नेपाल र खनालमा को वरिष्ठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र दुई नेताबीच को वरिष्ठ भन्ने विवाद चर्केको छ । तेस्रो वरियतका माधवकुमार नेपाल र चौंथो वरियताका झलनाथ खनालबचि यो विवाद चर्किएको हो । वरिष्ठ नेताका रुपमा वरियता दिइएका दुवै नेतासँग लामो राजनीतिक अनुभव छ । माधवकुमार नेपालभन्दा पहिले झलनाथ खनाल तत्कालिन नेकपा मालेको महासचिव भइसकेका हुन् । एमाले भएपछि माधवकुमार नेपाल महासचिव र अध्यक्ष समेत भए । झलनाथ खनाल पनि एमाले हुँदा कार्यवाहक महासचिव र अध्यक्ष भए ।

खनाल आफूलाई नेपालभन्दा उमेर र अनुभवले वरिष्ठ भन्छन् । इतिहासले यस्तै देखाउँछ । तर, संगठनमा माधव नेपाल प्रभावशाली भइरहे । यसको असर नेकपा बनेपछि बैठकहरुमा देखिदै आयो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले लामो रस्साकस्कीबीच ३१ साउनमा पार्टीको विभिन्न संगठन प्रमुखहरुको नाम टुंगो लगायो । तर, त्यो विवाद अन्त्य भएसंगै अब पार्टीभित्र नेताहरुको वरियताको विषयले विवाद देखिने भएको छ । वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा औपचारिक रुपमै यो विषय प्रवेश गराएपछि यो विषयले थप चर्चा पाएको हो ।

१४ महिना अघि तत्किालिन एमाले र माओवादीविच पार्टी एकता घोषण हुंदा बरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा थिए । चीन भ्रमणबाट फर्किदा आफु पार्टीको तेस्रो वरियतामा पार्टीका नेता माधव कुमार नेपाललाई राखी आफुलाई चौथो बरियताक्रममा परेपछि त्यतिबेलै असुन्तुष्टि राखेका थिए । तर नेता खनालको माग सम्बोधन हुन सकेको थिएन ।

३१ साउनको सचिवालय बैठकमा औपचारिक रुपमै यो विषय प्रवेश गरेपछि भने अन्य नेताहरुले यस विषयलाई गंम्भिरताका साथ लिएका छन । नेता खनालले पार्टीमा आफुले ठुलो संघर्ष गरेको र पदकै लागि पार्टीभित्र कुनै नराम्रो गतिविधि समेत नगरेकाले आफुलाई पार्टी न्याय गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा नेता खनालले यो प्रस्ताव राखेपछि ७ जना सचिवालय सदस्यले सकरात्मक अभिव्यत्ति दिएको समेत नेता खनालले स्मरण गरे ।

बैठकको अन्तिममा अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले कुरा सकरात्मक भएको भन्दै अर्को सचिवाय बैठकमा थप छलफल गरी निर्णय गर्ने भनेपछि बरिष्ठ नेता नेपाल उठेर हिडेका थिए । पार्टीले आफुलाई न्याय दिन सकेन भने आम नेपाली जनतालाई पनि न्याय दिन नसक्ने भएकोले आफुलाई न्याय दिनेमा विश्वस्त रहेको बताए । त्यसो त खनाल तत्कालिन एमालेका अध्यक्ष हुंदा नेता नेपाल बरिष्ठ नेताको रुपमा थिए । पार्टीको नबौं महाधिवेशन पछि केपी ओली अध्यक्ष बनेका थिए ।

१४ महिना पछिको लामो रस्साकस्सीविच विभिन्न विभागका प्रमुखको टुंगो लगाउदैं बरिष्ठ नेता खनाललाई निति तथा प्रतिष्ठान र नेता नेपाललाई विदेश विभागको जिम्मेवारी दिएका छन् ।

अहिले नेता नेपाल पार्टी अध्यक्षद्धयपछि तेस्रो वरियतामा सक्रिया हुंदै आएका छन् । कही कतै यही विषयमा कुरा नमिले फेरी नेकपाभित्र नेताहरुको वरियताको विषयले पनि विवाद बल्झिने र नेताहरुविच दुरी बढ्ने त होइन भन्ने आंशका उत्तिकै उब्जाएको छ ।



प्रतिक्रिया दिनुहोस्