Logo

सेंडविच र पिज्जा ढिलो गरेको भन्दै वेटरका हत्या



पेरिस स्थित एक रेष्टुरेन्टमा वेटरलाई ग्राहकले गोलि हानी हत्या गरेका छन् । १६ अगष्टको साँझ शोर ले ग्रान्ड शहरमा घटना भएको हो । आफूले मगाएको सेंडविच र पिज्जा ढिलो ल्याएरको भन्दै गोली हानिदिएका थिए ।

सेंडविच र पिज्जाको विषयमा गोली हानेर वेटरको हत्या भएपछि स्थानीय आश्चर्यमा परेका छन् । हत्याका अभियुक्त सनकी भएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी भइरहेको जनाइएको छ ।

गोली लागेका २८ वर्षीय युवकलाई बचाउन एम्बुलेन्सको टोली गएपनि बचाउन नसकिएको जनाइएको छ । उनको घटनास्थलमा मृत्यु भएको थियो । वेटरको काँधमा गोली लागेको त्यहाँको प्रहरीले जनाएको छ । घटना पछि हत्या अनुसन्धान सुरु गरिएको छ । गोलि हान्ने ग्राहकल गोलि हानेर घटना स्थलबाट तुरुन्तै गाएब भएको र अहिले सम्म खोजि भइरहेको छ ।-एजेन्सी, Photo Source: The Straits Times



प्रतिक्रिया दिनुहोस्