Logo

सञ्चारकर्मी अधिकारीसहित समाजसेवी महिलाहरु सम्मानित



भदौ १, काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा इन्द्रेणी सिप विकास तालिम केन्द्रले शनिबार विभिन्न क्षेत्रमा रहि देश र समाजको लागि योगदान पुर्याउने महिला दिदीबहिनीलाई सम्मान गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा सञ्चार क्षेत्रमा क्रियाशिल सञ्चारकर्मी सन्तोषी अधिकारीलाई सम्मान गरेको छ । त्यसैगरि गुन्यूचोली अभियन्ता लक्ष्मी ओझा, नेपालकी पहिलो महिला बर्ड आर्टिट्स मिना डंगोल, बिउटिसियन रिता श्रेष्ठ, जेसी आइ काठमाडौं लेडी नेपालकी अध्यक्ष अर्चना श्रेष्ठ, वरिष्ठ सेन्टर डीजाइनर सुनिता दुवाल राजभण्डारी, अग्रशिल नारी संस्थाकी अध्यक्ष जानकी श्रेष्ठलाई नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा हामीलाई सम्झीनुहोस् नामक समाजसेवी संस्थाका उपाध्यक्ष सानु कुमार ताम्रकारले सम्मान पत्र प्रदान गरेका छन् ।

२०७३ सालमा स्थापित इन्द्रेणी सीप विकास तालिम केन्द्रले एकल, गरिब र निमुखा महिला दिदी बहिनीलाई आत्म निर्भर र स्वाबलम्बी बनाउन निरन्तर विभिन्न सीपको तालिम दिइरहेको संस्थाकी अध्यक्ष शारदा नापीतले बताइन् । इन्द्रेणी सीप विकास तालिम केन्द्रले व्युटिसियन कोर्स, बेकरी कोर्ष, हाते इम्ब्रोडरी कोर्ष, अचार कोर्ष , क्रिष्टल बेग ट्रेनिङ, मखमल जुत्ता बनाउने तालिम, आइक्रिम, डल कुशन, फूल बनाउने तालिकासाथै विदेश जानका लागि स्पेशल कोर्षको पनि तालिम दिइने गरिएको केन्द्रकी महासचिव रमिता श्रेष्ठले बताइन् ।

तालिमले आफुहरुमा भएको शिप तथा क्षमतालाई उजागर गर्ने र व्यवसायिक सोचको विकास गर्ने भएकोले केन्द्रले सबैको मन जित्न सफल रहेको कोषध्यक्ष सुचिता कर्माचार्यको भनाइ छ ।

केन्द्रले हरेक वर्ष महिला दिदीबहिनीलाई प्रोत्साहन गर्न महिला सम्मान कार्यक्रम आयोजना गर्ने गरेको कोषध्यक्ष सुनिता श्रेष्ठले बताइन् ।



प्रतिक्रिया दिनुहोस्