Logo

ला लिगा फुटबलमा रियल मड्रिडको विजयी सुरुवात



काठमाडौं, १ भदौ। स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा रियालले सेल्टा भिगोलाई ३–१ ले पराजित गर्‍यो । सेल्टा भिगोको मैदानमा १० खेलाडीमा सिमित भएपनि रियालले उत्कृष्ट जित निकाल्यो ।

रियालको जितमा करिम बेन्जमा, टोनी क्रुस र लुकास भास्क्वेजले एक एक गोल गरे । सेल्टाका इकर लोसडाले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा लुका मोड्रिचले रातो कार्ड पाउँदा रियाल १० खेलाडीमा समेटिएको थियो ।

ला–लिगा फुटबलकै अन्य खेलहरुमा रियाल मयोर्काले आइबारलाई २–१ ले हराउँदा ओसासुनाले लेगानेजलाई १–० ले पराजित गरेको छ ।भियारियाल र ग्रानाडाले ४–४ गोलको बराबरी खेलेका छन् । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्