Logo

अब रवि लामिछानेलाई अदालतले के गर्ला ? (भिडियोसहित)



काठमाडौं, १ भदौ । न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । अदालतले पाँच दिनको म्यादन थपेर उनीमाथि अनुशन्धान गर्न अनुमति दिएको छ । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा मनोविद तथा पूर्व प्रहरी अधिकारी वसन्त कुँवर, बरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की र ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीबीच पत्रकार रवि लामिछानेको पक्ष र विपक्षमा मत जाहेर गरेका छन् ।

कुँवरले यो प्रकरणमा पत्रकार लामिछानेमाथि अनुशन्धान हुनुपर्ने धारणा राखे । आत्महत्याको लागि दुरुत्साहन गरेकोले पत्रकार लामिछानेलाई प्रहरी प्रशासनले पक्राउ गरेको हो । यो प्रकरणमा को दोषी ? को निर्दोष भन्नको लागि यही भिडियो नै पर्याप्त होला त ? भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,‘त्यही भएर प्रहरीले पक्राउ गरेको होला ।’

बिहीबार सार्वजनिक भएको पुडासैनीले मर्नुअघि मोवाइलमा रेकर्ड गरेएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

उक्त भिडियोको प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा रेकर्ड गरिएको भिडियो उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पक्राउ परेका तीन जनाको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्