Logo

शालिकरामको परिवारले रवि लामिछानेसहित तीनजनाविरुद्ध किटानी जाहेरी दिदै



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध परिवारले किटानी जाहेरी दिन लागेको छ । १ भाद्रमा जाहेरी दिने तयारीमा परिवार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

डिएपी बोगटीले भने, ‘किटानी जाहेरी आइसकेको छैन, आउने तयारी भएको बुझेको छु ।’ कानुन व्यवसायीसँग परामर्श गरी परिवारले किटानी जाहेरीका लागि लिखित उजूरी तयारी अन्तिम चरणमा पुर्याएको बुझिएको छ । १ भाद्रमा पुडासैनी पत्नी सम्झना घिमिरे पुडासैनीसहित परिवारले रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध किटानी जाहेरी दिन लागेकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत् जाहेरी दिने तयारी भएको हो । जाहेरी परेकोबारे चितवन प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी एकनारायण कोइरालाले त्यसबारे जानकारी नआइसकेको बताए । जाहेरी काठमाडौंमार्फत् आउन सक्ने उनले बताए ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पनि किटानी जाहेरी परिसकेको जानकारी नभएको बताए । उनले भने, जाहेरी परेको सूचना मिलिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्