Logo

शालिग्राम आत्महत्या अपराध हो, दुरुत्साहन अपराध हो– पूर्व एसएसपी वसन्तराज कुँवर



नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवर बौद्धिक र सक्रिय व्यक्तित्व हुन् । लागूऔषध नियन्त्रण र अपराध नियन्त्रणका क्षेत्रमा निरन्तर सक्रिय उनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछिको घटनाक्रमको शल्यक्रिया गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग कुँवरले गरेको कुराकानीः

शालिग्राम पुडासैनी आत्माहत्या प्रकरणमा दोषी को हो ?
अहिले एउटा घटना घट्यो । उहाँको दुखद मृत्यु भयो । यसमा केही शंकास्पद विषय आयो । त्यसलाई चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ । दोषी खोज्न धेरै समय लाग्छ ।

छानविन भईरहेको छ भनेर चितवन प्रहरीले बताएको छ तर जनता त्यो मान्न तयार छैनन् ? उनीहरु किन सडकमा आए ?
रविजी लामिछानेको टिमले जुन जनतालाई राम्रो काम गरेर विश्वास दिलाउनु भएको छ त्यसमा धन्यवाद दिने म पनि होला । उहाँको राम्रो चिताउनेमा मपनि पर्छु । त्यसकारण जसलाई पनि आफ्नो परिवार आफूले मनपराएको मान्छेहरुका बारेमा कुनै अनुसन्धानका बारेमा कुनै संकट आयो भने त्यो समयमा मानिसलाई दुख लाग्नु अगाडि आउनु ठीकै हो । त्यसलाई अन्यथा लिन्न । जब शालिग्रामजीको भिडियो आयो त्यसमा केही कुराहरु बुझ्नुपर्ने भयो । म त्यहाँ काम गर्थे मलाई एकदमै दुख दिइयो अथवा मानसिक तनाव दिइयो त्यसकारण म आत्मा हत्या गर्न बाध्य भई भन्ने भिडियो आयो यसलाई प्रश्न गर्नै नहुने गरी त्यत्तिकै छोडियो भने अर्का थरी मानिसहरु होलान् । त्यसकारण यसमा यो दोषी हो भन्ने कुरा लिनु हुन्न त्यसकारण एउटा घटना घट्यो त्यो घटनामा केही मानिसहरु जोडिनुभयो र उहाँहरुसँगै काम गर्ने मानिसहरु देखियो भने यसलाई अहिले नै अन्यथा लिनु हुन्न ।

नेपाल प्रहरी माथि जनताले विश्वास गरे हुन्छ सही निस्पक्ष हुन्छ निर्णय ?
२००७ सालदेखि अहिले सम्म यो समाजमा सुरक्षा गरेको छ नि । अहिलेसम्म उद्योग, धन्दा बढेकै छन्, मान्छे समाएकै छन् । त्यसकारण नेपाल प्रहरीलाई तपाईले शंका गर्नुभयो भने अरु कस्लाई विश्वास गर्ने त ? कि यही राजनीतिा भएका मान्छेहरुलाई मान्नु पर्यो उहाँहरुलाई विश्वास गर्नुप¥यो यही प्रेसमा भएकालाई विश्वास गर्नुप¥यो यही कर्मचारीलाई विश्वास गर्नुप¥यो, आध्यात्ममा रहेकालाई विश्वास गर्नुप¥यो । प्रतिक्षा गरौँ न ।

तर, रवि लामिछानेले के भन्नु भएको छ भने मलाई विश्वास छैन । छानविन सही नहुन सक्छ ।
उहाँले बोलेको पनि ठीकै हो किनभने आफैले बोलेको जस्तो छ या सम्पादन गरेको जस्तो छ, त्यसकारण अरु नै छन् अरुले नै यो काम गरेको हो– उहाँहरुले भन्नु भएको छ । त्यसकारण आ–आफनो कुरा दईवटै ठिक छन् । तर, वास्तविकता के हो भन्ने त एउटा पुलिसको अनुसन्धानमा आयो नि ।

तर, शंकास्पद छ त्यो भिडियो वास्तविकता के होला ?
शंकास्पद छ भने प्रहरीले निकालिहाल्छ । भोली आफैलाई घाटा हुने काम प्रहरीले किन गर्छ ? प्रहरीले कसैलाई बचाउन जबरजस्ती किन गर्छ ? प्रहरीले स्वार्थको लागि किन गर्छ ? प्रहरीको अडान हुन्छ राम्रो काम गर्ने प्रहरीलाई इच्छा छैन र तपाईँहरुलाई पनि राम्रो काम गर्ने इच्छा छ नि । रविजीलगायत पनि राम्रो काम गरौ भन्ने इच्छा छ । कमसेकम उनीहरुको समयभित्र जुन अनुसन्धान भई रहेको छ त्यत्ति बेलासम्म धैर्य गरौँ । अहिले मलाई पुलिस अफिसर भएको नाताले के लाग्छ भने रवि जी हरुले आफ्ना साथीहरुलाई भन्नुपर्छ हेर मैंले पनि मानिसहरुलाई दोषी लगाए उनीहरुलाई मुद्धा दर्ता भएको छ हाम्रेै कार्यक्रमबाट चर्चामा आएको छ त्यो कुरा सही थियो कि गलत थियो प्रमाणित गरे त्यसो नलाग्न सक्छ

त्यसो भए तपाईको भनाई रवि लामिछाने भनेको साथीहरु अहिले सडकमा आउनु पर्दैन भन्ने तपाईको भनाई हो ?
निर्मला काण्ड बिग्रिए जस्तै अनुसन्धान बिग्रन सक्छ । यस्तो भयो भने हतार हुन्छ हतारमा प्रहरीलाई प्रेसर आयो भने छटो गरेर मुद्धा बुझाई दिनु पर्ने स्थिति पनि आउन सक्छ । त्यसकारण शान्तिसँग गर्न दिए भने शान्तिसँग गरेपछि सबै कुरा बुझिन्छ ? अनुसन्धान भनेको त केही समय लाग्छ ।

नेपाल प्रहरीले चाहेर पनि निष्पक्ष रुपमा छानविन गर्न नपाएको उदाहरणहरु धेरै छ विगतमा यस पटक पनि चुक्ने भयो नेपाल प्रहरी ?
नेपालको ७७ जिल्लामा कति मान्छेको अनुसन्धान भईरहेको होला । कत्ति मानिसको मुद्धा दर्ता भइरहेको होला । त्यसमा एउटा रविजी को । उहाँलाई धेरैले चिन्छन् म पनि चिन्छु म पनि माया गर्छु । मलाई कस्तो लाग्छ भने असल मान्छेहरु थोरै हुन्छन् उनीहरुलाई बचाउनुपर्छ । खराब मान्छेले असल मान्छेलाई घृणा गर्छन । त्यसकारण रवीजीले गरी राखेको कामको फ्यान हो म । म तपाईले गरेको कामको मात्र होइन जसले राम्रो काम गरेको छ सबैको फ्यान हुँ । देशका लागि केही गरिरहेका छन्, समाजका लागि केही गरिरहेका छन् उनीहरुले प्रोत्साहन गर्नुप¥यो। त्यो त आफ्नो ठाउँमा छदै छ नि म पनि गर्छु ।

रवि र युवराज कडेँललाई बाहिरै राखेर अनुसन्धान गरेको भए हुन्थ्यो भन्ने पनि छन् नि ?
सबै भन्दा ठूलो मुद्धा भनेको ज्यान जाने हो । सिरियस मुद्धा हो यो । ज्यान मुद्धा भन्छ नि । मान्छे मर्नु भनेको साधरण होइन, त्यसकारण ज्यान नमारुन है भनेर त्यस सम्बन्धि ऐन बनाएको छ । ज्यानै गई सकेपछि त्यो त कुनै आर्थिक लेनदेनको कुरा भएन । जग्गा जमिनको लेनदेन भएन । ज्यानको लेनदेनमा आएका मानिसहरु बाहिरिन सक्लान प्रमाण नष्ट गर्न सक्लान भनेर हिरासतमा लिनु छ अन्यथा लिनु हुँदैन । आखिर हामी सबैले कानुनमा त बस्नुप¥यो । तपाई नेपालको राजाको कुरा गर्नुहोस् न २४० बर्ष भन्दा बढी, कानुन र संविधान भन्दा माथि भएर बसेका मानिसहरु जव संविधान बन्यो गणतन्त्र आयो त्यही एउटा कानुनको लाइनमा लेखेको हुनाले त्यत्रो राजपाठ छोडेर हिड्नु भयो त्यसकारणले त्यो राजपाठ छोडेर हिड्नु सानो कुरा थियो र ? त्यसकारण कानुनमा हामीले केही दिन राख्नुपर्ने भयो र केही दिन बस्नुपर्ने स्थिति आयो भने यसलाई अन्यथा मान्नु हुन्न । अहिले हेर्ने हो भने पुराना भएका राष्ट्रपतिहरु पनि मुद्धामा परेका छन् । त्यसकारण दोषी यहाँ कसैलाई भन्न मिल्दैन । दोेषी भन्ने कुरा कोही नै आएको छैन , त्यसलाई कोडिङ गर्ने कुरा हो ।

तर कुनै एक जना मान्छे निर्दोष छ भने उसलाई षडयन्त्रमा पारी फसाउने काम नहोस भन्ने भनाई पनि छ नि ?
यसमा हामी सर्तक हुनुपर्छ । सही र अपराधी छुट्याउनुपर्छ ।

एक जना निर्दोष व्यक्ति नपरोस ।
त्यो त पर्नु हुदैन । रविजीहरुले मान्छेलाई मन जित्नु भएको छ । त्यसको लागि म उहाँलाई बधाई दिन्छु । मैले फेसबुकहरु हेर्छु चिन्दै नचिनेको मानिहरुलाई रविजीले साथ दिनुभएको छ । यसको लागि म उहाँको सिङ्गो टिमलाई बधाई दिन्छु । समर्थन गर्नेलाई बधाई दिनैपर्छ । तपाईलाई पनि बधाई दिन्छु । जुन घटना घट्यो यसमा जिल्ला प्रहरीले काम गरिराखेको छ । प्रहरीले फलानो यस्तो है भनेर केही आधिकारीक रिर्पोट दिएको छैन । आफैले अदालतबाट पाँच दिनको समय पाएका छौ प्रहरी आफैले अनुसन्धान गरिरहेका छौ भनेको छ । त्यत्ति बेला प्रहरी माथि अनेक सोच्ने बेला छैन । यदि कानुनमा यो गर्नु पर्थेन गलत छ भने सरकारी वकिलले यसलाई रोकिदिनु हुन्छ । होइन सरकारी वकिल र पुलिस मिलेर गरेका रहेछन् भने पनि अदालतले यसलाई रोक्छ । अहिले हामीले यसमा हंगमा गरि राख्ने पर्ने छैन । मानिसले माया गर्ने मानिसलाई केही पर्दा साथ दिनुहुन्छ त्यसको मूल्याङ्कन भने गर्छु ।

अहिलेको अवस्थामा मुलुकी ऐनमा के छ ? छानविन गर्नेै पर्छ भित्र राखेर ?
कसैले कसैलाई मार्न पाईदैन । त्यो कानुनमा लेखिसकेको छ । यदि नियोेजित रुपमा कुनै कारणले स्वार्थले योजना गरेर मारेको रहेछ भने आजीवन कारावास हुनुपर्छ । तर कसैले मार्छु नै भनेर त होइन तर लापरवाहीका कारण ज्यान लिन्छ भने उसलाई १० वर्ष जेल हुन्छ । कसैले कसैलाई आत्मा हत्या गर्नुपर्ने खालको दुरुत्साह अथवा त्यस्तो खालको अवस्था पैदा गर्नु हुदैन तर हातले छोएन यत्ति तनाव दियो र मान्छे आत्मा हत्या गर्न बाध्य भयो भने यो पनि एक किसिमको हत्या नै हो । यो पनि कसैले मारेकै ठहर्छ । अहिले नयाँ कानुनु मुलुकी ऐनमा आयो । धेरै किसिमका तनावहरु हुन सक्छन् । यो एउटा मार्ने तरीका हो । तपाईलाई धेर्र दुःख दिएर मार्न सकिन्न र ? तर भित्री कुरा के हो उसले दुख दिएको थियो कि थिएन त अर्को कुरा हो ?

शालिग्राम प्रकरणमा विभिन्न किसिमका शंका उपशंका आकंक्षा आएको छ मानिसलाई विश्वास छैन । तर यो आत्मा हत्या दुरुत्साहन भनेको के हो यो जनतालाई बुझाउनुहोस् ?
दुरुत्साहन भनेको तपाईलाई मैले शारीरिक रुपले भनेको आखिर मान्छे भनेको आत्मा हो । जुन दुईटा कुराबाट बनेको छ एउटा शरीर अर्को आत्मा । शरीरको काम आत्माले भनेको काम गर्ने हो जसमा चार वटा काम गर्ने हो । एउटा अनुभुति गर्छ माया दया प्रेम गर्छ जसमा विचार गर्छ यो गर्छु यो गर्दिन भन्ने सोच्छ र निर्णय गर्छ । उसमा बुद्धि विवेक जे छ त्यो प्रयोग गर्छ । त्यसले दुरुत्साहन शरीरमा हुने होइन मानिसलाई सधै मानसिक रुपले तनाव दिईराख्ने हो । सधे डराइ राखोस तनाव र पिडामा भइराखोस् भन्ने हो । मानिस यति पीडामा होस् कि उसले जीवन नै त्यागोस् यो ने दुरुत्साहन हो ।

डिप्रेसनमा परिसकेपछि मान्छेले आत्मा हत्या समेत गर्छ हैन ?
डिप्रेसन भनेको चिन्ता हो । डिप्रेसन कुनै रोग होइन । डिप्रेसनको पनि कुनै कारण हुन्छ । तपाईलाई पनि काम बिग्रेपछि चिन्ता हुन्छ । त्यसैले शालिग्राम भाईलाई केही चिन्ता भएको थियो त्यो चिन्ताले उनी दुखि भएका थिए । दुखि भनेको डिप्रेसन भन्ने बुझ्नु न । यस्तो मान्छेलाई बोल्न मन लाग्दैन निन्द्रा लाग्दैन । त्यसमा रवि जी र एक जना बहिनी जोडिनु भयो । उहाँलाई यस्ता कारण दुखि बनाईयो उहाँले सधै विचार गर्नुभयो । तीन करोड जनता छन् नेपालमा । तीन करोड जनता मध्ये किन उहाँहरुको नाम लिनुभयो ? यदि उहाँहरुले नै दुखि बनाएर उहाँहरुकै कारणले साच्चि नै तनाव दिएको कुरा प्रमाणित हुन्छ भने यो कानुनले पनि काम गर्ने भयो । रवि जी ले बनाएका कार्यक्रमहरुले अरु कोही दुखि बनाएका छैन होला र ? रविजी को सिधा कार्यक्रममा ईटहरीको मेयरज्यू रुँदै हिडेको देख्यौ हामीले । यो बाहिर नै देख्यौ । कति मानिसहरु रविजीका कार्यक्रमका कारणले उनीहरु दुःखी भएका पनि होलान् । होलान् नि भित्र भित्र । त्यो त अहिले बाहिर आएका छैनन । अहिले शालिग्रामले भने अनुसार त उहाँले धेरै मान्छेलाई दुख दिई राख्नु भएको छ । उहाँले पैसा कमाई राख्नु भएको छ भन्ने पनि छ यी आरोपहरु सही या गलत के हुन यो कुरा बाहिर आएको छ । अनुसन्धानमा गएको छ यसलाई हामीले अन्यथा लिनु हुँदैन । जसरी हामीले परिवारमा माया गछौ । माया गर्नेले चोर भए पनि हत्यारा भए पनि आफ्नो माया गर्ने मान्छेलाई साथ दिनुपर्छ । त्यसमा म अन्यथा भन्दिन । त्यसमा अनुसन्धान हामी बाहिर कराएर हुदैन । त्यसमा मुद्धा दर्ता हुन्छ ऐन अनुसारको मुद्धा दर्ता भयो सरकारले मुद्धा लियो भने त्यो किनारमा नपु¥याई त छोड्न मिल्दैन ।

तर त्यसको टुङ्गो लगाउनैपर्छ अदालतमा पुगिसकेको छ ।
टुङ्गो लगाउने कुराम कसले लगाउछ भन्दा पुलिसले टुङ्गो लगाउँछ । पुलिसबाट सरकारी वकिलमा जाने हो । सरकारी वकिलवाट अदालतमा जाने हो अदालतले टुङ्गो लगाउने हो । अदालतलाई भोलि मन परेन भने पुलिसलाई अनुसन्धान गर्न सक्ने धेरै प्रावधानहरु छन् ।

शालिग्राम आत्मा हत्या प्रकरणमा राजनीतिक दबाव हुन्छ कि हुदैन ?
राजनीतिक दबाब हुन्छ । राजनीतिज्ञहरुले खोजी गर्नको लागि पैसा पनि माग्छन् । आफूले भनेको मानेन भने दुःख पनि दिन्छन् । तर यो मुद्धामा राजनीतिक दबा छ भने कसको छ त्यो पनि भनिदिनु प¥यो नि त ?ठूलो भेगमा कुरा गरेर मान्छेलाई भ्रममा पार्नुभएन । कसले किन गर्न जरुरी छ जसले बुझेको छ त्यो पनि भन्देउ न त । फलानो मान्छेलाई रविजीले यसो गर्नु भएको थियो भनेर नाम तोकिदिउ न । अनुसन्धान भइरहेको छ उहाँहरु भित्र हुनुहुन्छ । लेख्नु प¥यो नि लेख्न छुट हुन्छ उहाँलाई परेको समस्या त उहाँ उही हुनुहुन्छ । दुनियालाई थाहा छ उहाँले गरेको होइन भने गरेको कसले पनि उहाँलाई थाहा छ ।

निष्कर्षमा हामी पुगौं ।
निष्कर्ष यही हो शालिग्राम प्रति समवेदना दिनै पर्छ । एउटा युवाको मृत्यु भयो उहाँका परिवारलाई दुख लाग्नु स्वभाविकै हो । शालिग्रामले जे बोलेको भिडियो बाहिर आएको छ त्यो सत्य हो त्यो असत्य हो अनुसन्धान पछि आउँला । शालिग्रामको परिवार र उनको आफ्न्तको हिसावबाट यो ऐन सम्बन्धी महल अनुसारको आत्मा हत्या भनिएको तर कसैले प्रमाणित नगरेको हत्या हो भन्ने शालिग्राम सरको पक्षबाट अहिले हाम्रो ठहर यही हो ।

 त्यसो भए हत्या हो कि आत्मा हत्या हो ?
शालिग्रामको पक्षबाट लिंदा यो एउटा अपराध हो । यसको सजाय हुनुपर्छ । अर्को किसिमबाट चर्चा सुन्दा शालिग्रालाई कसैले भन्न लगाई रहेको छ । त्यो के हो त ? त्यो दोषी मान्छे निकाल्नुप¥यो । प्रहरीले यी दुइटाको छिनोफानो गर्नुपर्ने छ । यसको मुद्धा सरकारले लिइसक्यो । उहाँले म यो कारणले होइन भनिरहनु भएको होला तर यसलाई कुर्नुपर्छ । सडकमा हामी कुद्न थाल्यौ भने अनुसन्धानमा यसले असर गर्छ र उल्टो नतिजा आउन सक्छ ।



प्रतिक्रिया दिनुहोस्