Logo

भारतीय प्राध्यापक मलहोत्राले भने-बुद्ध नेपालमै जन्मिएका हुन् (भिडियोसहित)



काठमाडौं । भारतीय प्राध्यापक डा. भी.के. मलहोत्राले भगवान बुद्धको जन्म नेपालमै भएको बताए । ५ साउनमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले लुम्बिनी जन्मस्थल बुद्ध नेपालमा भएकाले नेपाल पवित्र भूमि भएको बताए । नेपालसँग प्रचुर सम्भावना भएको र त्यसको सदुपयोग गर्न सके आर्थिक क्षेत्रमा कायापलट हुने बताए । उनले गरिबी निवारणका सूत्रहरु सुनाए ।



प्रतिक्रिया दिनुहोस्