Logo

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश



काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले साउन पहिलो साता महानगरीय प्रहरी वृत्त गौशालामा छविराज ओझा र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी थिइन्।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी शिल्पालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्