Logo

मदन पुरस्कार योगेश राजलाई दिइने



काठमाडौं, १ भदौ । यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राज र जगदम्बाश्री पुरस्कार बैरागी काइँला दिइने भएको छ। आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको जगदम्बा-श्री बैरागी काइँलालाई तथा मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई दिने निर्णय गरेको हो।

‘मदन पुरस्कार २०७५’ का लागि ७ कृति सिफारिस गरिएको थियो। गुठीले २५७ कृति मध्येबाट सात कृति छनोट गरेको हो। पुरस्कृत प्रत्येक स्रष्टाले चार\चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार राशि यसैवर्षदेखि दोब्बर गरी चार\चार लाख बनाइएको हो।

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिका अनुसार, यस वर्ष गुठीमा प्राप्त २५७ पुस्तकहरू मध्येबाट सात पुस्तक एकादेशमा, ओक्कल दोक्कल पिपल पात, ज्ञ, फातसुङ, मरीचिका, रणहार तथा विचारको लाश पुरस्कार २०७५ का निम्ति छनाेटमा परेका थिए।

इतिहासकार योगेश राजको उपन्यास ‘रणहार’ भक्तपुरका अन्तिम मल्लकालीन राजा रणजित मल्लको जीवनीसँग सम्बन्धित छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका वैरागी काइँलालाई ‘लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान



प्रतिक्रिया दिनुहोस्