Logo

आगो लाग्दा प्रहरीले के गर्छ



काठमाडौं । प्रहरीले आगलागी नियन्त्रण कसरी गर्ने र कस्तो साधनको प्रयोग गर्ने सम्बन्धमा प्रदर्शन गरेको छ । प्रहरीले व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्निशामक यन्त्रको प्रयोग सम्बन्धी जानकारीमूलक प्रदर्शन कार्यक्रम प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा १ भदौमा सम्पन्न गरेको हो ।

कार्यक्रममा अग्निशामक यन्त्रको परिचय र प्रयोग, खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँसमा हुने आगलागी, शरीरमा लागेको आगो र ज्वलनशील तरल पदार्थमा हुने आगलागी नियन्त्रणका कस्ता उपाय र तरिका अपनाउनेबारे प्रदर्शनी गरिएको थियो । कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई अभ्यास गराइएको थियो ।

प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाद्वारा विपद जोखिम न्यूनीकरण सचेतना अन्तर्गत आयोजित उक्त कार्यक्रममा प्रहरी अधिकृतहरु लगायत प्रहरी कार्यालय सहयोगीहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्