Logo

बालिका करणी अभियोगमा पक्राउ



रुपन्देही । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय बलराम सुवेदी छन् ।

तिलोत्तमा नगरपालिका बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका ९ दक्षिणटोलास्थित घरमा काम गरी बस्ने अर्घाखाची मालापानी गाउँपालिका १ घर भएका सुवेदीलाई ३२ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर पश्चात ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले सुबेदीलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्