Logo

प्रहरीलाई २६ हजार घुस दिन खोज्दा…



बारा । प्रहरीलाई घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १७ बस्ने छोटेलाल पटेल सहित तीन जनालाई ३२ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, विश्रामपुर गाउँपालिका १ स्थित सिमा प्रहरी चौकी छतवा चौकीमा आई प्रहरीलाई कपडाको लाईन मिलाई दिनुर्पयो भनी २६ हजार रुपैयाँ दिएपछि उक्त रकम सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । रकम सहित पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीलाई दुर्व्यवहार समेत गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्