Logo

बाँसझ्याँगमा महिलामाथि करणी



महिलालाई बाँसझ्याँगमा लगी एक व्यक्तिले जबरजस्ती करणी गरेका छन् । मोरङको रतुवामाई नगरपालिका बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका ६ बिरानमुनी टोल बस्ने दुर्गा मगरलाई ३२ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित बाँसको झ्याँगमा लगेर जबरजस्ती करणी गरेको खबर पश्चात ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्