Logo

हसिँया प्रहार गरी श्रीमतीको हत्या



गोरखा । आफ्नै श्रीमतीलाई हसिँया प्रहार गरी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ लक्ष्मीबजार बस्ने याकु परियार छन् । उनलाई ३२ साउनको राति प्रहरीले पक्राउ गरेको हो ।

घटनाको खबर प्राप्त पश्चात अस्थाई प्रहरी पोष्ट लक्ष्मीबजारबाट खटिएको प्रहरीले याकुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्