Logo

‘नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै’



काठमाडौं, १ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा जारी भएको नयाँ फौजदारी संहितामा प्रहरी अभ्यस्त हुँदै गएको बताएका छन् । फौजदारी संहिता लागू भएको एक वर्ष पुगेको सन्दर्भमा प्रहरी प्रधान कार्यालय कार्य एवम् अपराध अनुसन्धान विभागद्वारा आईतबार आयोजित ‘संहिता कार्यान्वयनको प्रभावकारिता’ विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

आईजिपी खनालले नागरिकले अनाहकमा दुःख नपाऊन्, निर्दोष नफसून् र पीडक कानूनको दायरामा आऊन् भन्ने अभिप्रायका साथ प्रहरीले काम गरिरहेको उल्लेख गरे । गत वर्षदेखि लागू भएको नयाँ कानून कार्यान्वयन गर्ने क्रममा नेपाल प्रहरीले फड्को मारेको दाबी गर्दै उनले राष्ट्रको निर्णय र प्रहरीलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्न नेपाल प्रहरी सक्षम रहेको बताए । उनले अनुसन्धान वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी हुनुपर्ने धारणा राख्दै उपलब्ध साधन स्रोतलाई भरपुर प्रयोग गरी गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्