Logo

एकल विद्यालय अभियान, नेपालले खेलेको भूमिकाबारे प्रशंसा



काठमाडौं, २ भदौ । पूर्व सांसद राजेन्द्र खेतानले शिक्षाको क्षेत्रमा एकल विद्यालय अभियान, नेपालले ठूलो भूमिका खेलेकोमा प्रशंसा गरेका छन्। जनकल्याण प्रतिष्ठान नेपालद्वारा सञ्चालित एकल विद्यालय अभियानले मुलुकका विकट गाउँबस्तिका असहाय, टुहुरा, लगायत शिक्षाबाट बन्चि बालबालिकालाई शिक्षाको ढोकासम्म पुर्याउने काम गरेकोमा खेतानले एकल अभियानको प्रसंशा गरेका हुन् ।

उनले भने, ‘नेपाली समाजमा कोही छुट्दै गए, कोही अघि बढे, छुटेको समुदाय, वर्गका बालबालिकालाई एकल अभियानले  हात दियो अहिले हजारौं बालबालिकाहरु शिक्षित हुँदैछन् ।’

खेतानले भविश्यमा यिनै बालबालिकाहरु देशको उच्चतम ओहदामा पुगेर देश र जनताको सेवा गर्ने विश्वास व्यक्त गरे । खेतानले पूर्वीय शिक्षा र संस्कार विश्वकै सर्वोत्कृष्ट भएको उल्लेख गर्दै अहिले आएको पश्चिमा संस्कृतिले हाम्रो समाजलाई विसंगतितिर लान खोजेको आरोप लगाए ।

 एकल विद्यालय अभियानका अध्यक्ष ओमप्रकाश सराफको सभापतित्वमा सम्मपन्न संस्थाको २५औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कार्यकर्ता सम्मेलन २०७६ मा विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

एकल विद्यालय अभियानका संस्थापक अनिल पुरी, रमेश जैन र विठ्ठलमा हेश्वरीलाई सम्मान गरिएको थियो। त्यस्तै संस्थाले नेपालमा रहेर विगत २५ वर्षदेखि एकल अभियान मार्फत अशिक्षित बालबालिकाहरुलाई शिक्षित बनाउने अभियानमा उल्लेख्य काम गरेकोमा वीरेन्द्र बुढाथोकी र उत्तम अधिकारीलाईसमेत सम्मान गरिएको थियो ।

कार्यक्रमको हाजिरी जवाफ, वत्तित्वकलामा पहिलो, दोस्रो र तेस्रो सहभागी टीमलाई माला, खादा, टफी र नगद वितरण गरिएको थियो ।
अन्त्यमा जनकल्याण प्रतिष्ठान नगर माहिला संगठनका पदाधिकारीहरुले सहभागी पुरुष पदाधिकारी र कार्यकर्ताहरुलाई रक्षाबन्धन गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्