Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डको काउन्टर जवाफ : सरकारको नेतृत्व फेरिन्छ



काठमाडौं, २ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर जवाफ फर्काएका छन् । अर्को निर्वाचन नभएसम्म आफू नै प्रधानमन्त्री रहने भन्दै प्रधानमन्त्री ओलीले हिजो (आईतबार) संसदमा सम्बोधन गरेका थिए । उनले अहिले सरकारको नेतृत्व फेरिने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका थिए ।

तर, त्यसको भोलिपल्टै आज (सोमबार) नेकपाका अर्का अध्यक्ष प्रचण्डले ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने दाबी गरेका छन्। सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन । यद्धपी उनले नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने पनि दाबी गरे । File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्