Logo

यौनकाण्डमा मुछिएका बेलायती अधिराजकुमार एन्ड्रीऊ संकटमा



बेलायती अधिराजकुमार एन्ड्रीऊ निराश भएका छन् । आफ्नो पूर्व मित्र जेफ्री एपस्टाइनको यौन दुव्यर्ववहारको घटना खुलेपछि अधिराजकुमार एन्ड्रीऊ पनि कम उमेरका किशोरीहरुसँग यौनसम्बन्धका घटनामा मुछिएपछि निराश भएका हुन् । आफ्नो नाम घटनामा मुछिएपछि एन्ड्रीऊ आश्चर्यचकित भएको बताइएको छ ।

बकिंघम दरबारको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्,“जेफ्री एपस्टाइनले कथित अपराधको भर्खरको रिपोर्टले यो ड्युक अफ योर्कलाई चकित पारेको छ ।” तर, उनी कम उमेरका केटीहरुसँग सम्बन्ध राख्ने क्रियाकलापमा संलग्न रहेको अभियोग बलियो छ । योना जोजोरबोर्ग भन्ने महिलाले आरोप लगाईन् कि प्रिन्स एन्ड्रीऊले २००१ मा एपस्टाइनको म्यानहट्टन अपार्टमेन्टमा एउटा ओछ्यानमा बसिरहेको बेला उनको छाती छोएका थिए । अदालतमा दर्ता गरिएको विवरणमा पीडित भजिर्निया रोबर्ट्सले दावी गरिन् कि उनलाई राजकुमारसँग तीन पटक यौन सम्बन्ध राख्नुपर्यो ।

एन्ड्रीऊको यौनसम्बन्धित भिडियो फुटेज भएको विषय अहिले चर्चामा छ । पीडितमध्ये केहीले अधिराजकुमार एन्ड्रीऊसँग यौन सम्पर्क राखेको खुलासा गरेका छन् । २०१० मा म्यानहट्टन भव्य महलभित्र डएन्ड्रीउ देखिएका छन् । यसैलाई आधार मान्दै उनीमाथि यौन दुव्र्यवहारमा संलग्न रहेको आरोप लागेको छ । घटनामा मुछिएका ६६ वर्षीय एपस्टाइनले यौन बेचबिखनको लागि सघीय मुद्दाको पर्खाइमा रहेको जेलमा आत्महत्या गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्