Logo

हङकङमा हस्तक्षेप नगर्न क्यानडालाई चीनको चेतावनी



हफ्तौ देखि चलिआएको हङकङ आन्दोलनमा चीनले क्यानाडालाइ हस्तक्षेप नगर्न चेतावनी दिएको छ । क्यानडाको ओटावास्थित चीनियाँ दूतावासले १८ अगष्टमा क्यानाडालाई हङकङ मामिलामा हस्तक्षेप रोक्न चेतावनी दिएको हो । उसले भनेको छ, “क्यानाडाली पक्ष यसको बोली र व्यवहारबाट सतर्क हुनुपर्दछ ।

ओटावामा चिनियाँ दूतावासले दिएको विज्ञप्तिमा भनिएको छ, “हङकङका जनताले अभूतपूर्व प्रजातान्त्रिक अधिकार र व्यापक स्वतन्त्रताको आनन्द लिएका छन् जुन विश्वमा कहीं कतै देखिएको छैन ।” चीनले भनेको छ,“हङकङमा प्रासंगिक प्रदर्शन र प्रदर्शन पहिले नै बिग्रिएको छ र चरम हिंसा विकसित भएको छ । यस्तो गम्भीर हिंसा र अपराधको बाबजुद जिम्मेवारिको भावना भएको कुनै पनि सरकार चुपचाप बस्न सकेन ।” क्यानाडाले कुनै आवाज उठाउन चाहेको छ भने हिंसात्मक आपराधिक गतिविधिहरूको स्पष्ट रूपमा भत्र्सना गर्नुपर्ने भनिएको छ ।

क्यानडा र युरोपेली युनीयनले १७ अगष्टमा एक संयुक्त विज्ञप्ति जारी गरी शान्तिपूर्ण सम्मेलनको अधिकार हङकङको आधारभूत कानूनमा समाहित रहेको भन्दै आन्दोलनको समर्थन गरेका थिए । उनीहरुले प्रहरीबाट दमन भएको भन्दै विरोध गरेका थिए । चीन र क्यानडाबीच सम्बन्ध बिग्रिइरहँदा क्यानडाले हङकङबारे विज्ञप्ति जारी गरेको हो ।

यसैगरी, हङकङमा हप्तौंसम्म भएका प्रदर्शनहरू रोकिने संकेत देखिएको छैन । आन्दोलनमा नेताको राजीनामा, प्रजातान्त्रिक चुनाव र पुलिसको शक्तिको प्रयोगमा स्वतन्त्र अनुसन्धानसहितको माग समावेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्