Logo

रवि लामिछानेसहित तीनै जनाको बयान लिईयो



काठमाडौं, २ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनैलाई आज पनि बयान लिइएको छ । लामिछानेसहित तीनै जनालाई सरकारी वकिलको कार्यालय पुर्याएर सोमबार बयान लिइएको हो ।

चितवन जिल्ला अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको बुझिएको छ । सोही बयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्