Logo

नर्सिङमा सय सिटका लागि त्रिविले भर्ना खोल्यो



काठमाडौ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले नर्सिङमा भर्ना खोलेको छ । नर्सिङ क्षेत्रमा लागेकाहरुको चासोको विषय बनेको स्नातक तहमा भर्ना खोलेको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा विज्ञान प्रतिष्ठानले शैक्षिक बर्ष २०७६–०७७ को लागि भर्ना सूचना समेत निकालेको छ । २ भदौमा सूचना जारी गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले नर्सिङ साइनसेन्सको र मिडवाइफेरी साइनसेन्सको स्नातक तहमा भर्ना खोलेको हो ।
प्रतिष्ठानका अनुसार तीन बर्षे नर्सिङ कार्यक्रममा भर्ना आवेदन दिन नेपाल नर्सिङ काउन्सिलको पूर्वाधार पूरा गरी सर्टिफिकेट नर्सिङ पास भई एक बर्ष काम गरेको अनुभव हुनुपर्नेछ । नेपाली नागरिक हुनुपर्ने व्यवस्था समेत छ । कुल एक सय सिटका लागि खुलाइने गरिएको भर्नामा प्रत्येक वर्ष हजारौंले प्रतिष्पर्धा गर्दै आएका छन् ।

कुल सय विद्यार्थी सिट मध्ये वीर अस्पताल नर्सिङ क्याम्पस काठमाडौमा क्रिटिकल केयर नर्सिङका लागि ४० जनाको सीट रहेको छ । सोही क्याम्पसमा बीएमएस मिडवाइफरीका लागि २० जनाको सीट रहेको छ । त्यसैगरी भरतपुर अस्पताल नर्सिङ क्याम्पस, भरतपुरमा क्रिटिकल केयर नर्सिङका लागि ४० जनाको सीट रहेको छ । त्रिवि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका अनुसार आवेदन फारम मिति ५ भाद्र देखि २५ भाद्रसम्म भरिसक्नुपर्नेछ । File Photo



प्रतिक्रिया दिनुहोस्