Logo

२५ हजार घुससहित सव इन्जिनियर पक्राउ



बनेपा । घुस रकम सहित प्रहरीले सव इन्जिनियरलाई रङ्गेहात पक्राउ गरेको छ । १ भदौमा पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं.११ काभ्रेका आकाश श्रेष्ठ रहेका छन् । उनी करारका सव इन्जिनियर हुन् ।

२०७२ सालको महाभूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि नेपाल सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरेको उजुरीको आधारमा श्रैष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

उनलाई सेवाग्राहीसँग पच्चीस हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा बनेपा नगरपालिका वडा नं.८ नाला दोबाटो बनेपा स्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट उक्त रकम रङ्गेहात नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले छ ।



प्रतिक्रिया दिनुहोस्