एक लाख घुस खानेमाथि मुद्दा


काठमाडौं । घुस लिनेदिने क्रममा प्रहरीले दुई जनालाई एकलाख रुपैयाँ घुससहित पक्राउ परेकामाथि अख्तियारले मुद्दा दायर गरेको छ । १ भदौमा मुद्दा दायर भएकाहरुमा जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र डा.भक्तबहादुर के.सी रहेका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ताले सेवाग्राहीसँग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकुबाट कोटेशनमार्फत स्वास्थ्य सन्देशमूलक कार्यक्रम उत्पादन तथा प्रचारप्रसार गर्न दिई कार्य सम्पन्न गरी भुक्तानि गरे पश्चात कमिशन बापत घुस रिसवत माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले गुप्तालाई रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रमाण र कागजातहरूबाट गुप्ताले सेवाग्राहीसँग आफूमार्फत भएको कामको कमिशनस्वरूप भनी एक लाख घुस लिएको र स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा.भक्तबहादुर के.सी.ले आफू शाखा प्रमुख भएको हैसियतमा आफ्नो शाखाबाट भएको कामको आफ्नै प्रत्यक्ष मातहतमा रहेको कर्मचारीले घुस माग गरेको जानकारी हुँदाहुँदै सो कार्य रोक्नुपर्नेमा सेवाग्राहीसँग आफैंले रकम माग गरेको पाइएको र राम अवतार गुप्ताले घुस रकम लिई डा.भक्त बहादुर के.सी.समेतको मिलेमतो भएको पुष्टि हुन आएकोले उनीहरुलाई कसुर भएको अख्तियारले जनाएको छ । उनीहरुमाथि आवश्यक कारवाहीका लागि मागदाबी लिई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको हो ।

Skip This

Omoda E5 Pro