Logo

‘म धार्मिक हुँ, तर कसैलाई भन्न चाहँदैन थिएँ’ : विद्या बालन



काठमाडौं, २ भदौ । बलिउडकी चर्चित नायिका विद्या बालनले धर्म र विज्ञानका बीचमा टकराव भएपनि यी दुवै एक साथ रहन सक्ने बताएकी छिन् । बालनले भारतीय न्यूज एजेन्सी पिटिआईलाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिईन्,‘एक व्यक्तिको पहिचान धेरै तवरको हुन्छ । तर, धर्मलाई आफ्नो सुविधाअनुसार मान्छेले तोडमोड गरेर हेर्छन, तब त्यो ठूलो समस्या हुन्छ ।

उनले आम मानिसले जसरी धर्मको बारेमा व्याख्या गरिरहेका छन् त्यसमा नै समस्या रहेको सुनाएकी छिन् । उनले भनेकी छिन्,‘म धेरै मान्छेलाई चिन्दछु, उनीहरु खुद आफूलाई धार्मिक भन्नपनि रुचाउँदैनन् । म उनीहरुमध्ये एक हुँ कि म धार्मिक हुँ । तर, म यो कुरा कसैलाई पनि भन्न चाहँदैन थिएँ । म सधैं आफूलाई अध्यात्मिक बताउँछु ।’ एजेन्सी Photo : Filmnstars



प्रतिक्रिया दिनुहोस्