Logo

‘समाजवादी पार्टीले छिट्टै सरकार छोड्ने’



काठमाडौं, २ भदौ । सत्तारूढ दल समाजवादी पार्टी नेपालका विज्ञ सदस्य नारायण तिवारीले सरकारले संविधान संशोधन प्रस्ताव दर्ता नगरे पार्टीले सरकारको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

सोमबार रिपोर्टर्स नेपाल डटकमसँग कुराकानी गर्दै विज्ञ सदस्य तिवारीले यस्तो बताएका हुन् । पार्टी सरकारमा गएको एक वर्षभन्दापनि बढि भैसकेको अवस्थामा पनि अहिलेसम्म संविधान संशोधन प्रक्रिया नबढाएकोमा उनले असन्तुष्टि पोखे ।

‘अब पनि सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएन भने हामी सरकारमा बसिरहँदैनौं’–उनले भने,‘त्यसैले हामी अब अन्तिम पर्खाईमा छौं । अब संशोधन प्रक्रिया ढिलाई नगरी अघि बढाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्