Logo

नेपाल मेडिसिटी संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान : डा. महतो



नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्श बिच सम्झौता
काठमाडौं, २ भदौ । ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्शबीच सम्झौता भएको छ । काठमाडौको कान्तिपथमा सोमबार नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतो र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताए । यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने धारणा राखे ।

त्यस्तै, चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्वदेशमा र विदेशमा परीक्षण गर्दा उस्तै अनुुभव भएको र नेपाल मेडिसिटी अस्पतालको गुणस्तर अन्तर्राष्ट्रियस्तरको पाएकाले स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए ।

अन्य मुलुकमा उपचारका लागी यात्रा गर्नुु स्वदेशको धनराशी बाहिर जाने भएकाले यसको नियन्त्रणमा गर्न मेडिसिटीसंगको सम्झौताले सहयोग गर्ने अपेक्षा उनले राखेका थिए । सम्झौतापश्चात नेपाल मेडिसिटी अस्पतालको सेवामा चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्