Logo

यसरी पठाउँदैछ अमेरिकाले चन्द्रमामा अन्तरीक्ष यात्री



सन् २०२४ मा चन्द्रमाको सतहमा अन्तरीक्ष यात्रीहरु पठाउने नासाको तयारी छ । सन् २०६० को दशकमा अपोलो कार्यक्रमको लागि विशाल राकेट विकास गर्ने अलाबामामाले चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरू पठाउन प्रमुख भूमिका खेल्नेछ ।

हंट्सभिलमा मार्शल स्पेस फ्लाइट सेन्टरले सवारीको विकासको नेतृत्व गर्नेछ । १९७२ पछि चन्द्रमामा पहिलो पटक अन्तरिक्ष यात्रीहरू अवतरण गर्नेछन् । ह्वाइट हाउस आर्टेिमस भनिने कार्यक्रम अन्तर्गत एक पुरुष र एक महिलालाई पाँच वर्षमा चन्द्रमाको दक्षिण ध्रुवमा पठाउन चाहन्छ ।

उत्तरी अलाबामाको हन्ट्सभिले अन्तरिक्ष कार्यक्रमसँगको लामो सम्बन्धको कारण “रकेट सिटी“ भनेर चिनिन्छ । अपोलो कार्यक्रमको क्रममा त्यहाँ मानिसहरुलाई कक्षामा घुमाउने विशाल स्याटर्नभी लन्चर डिजाइन, निर्माण र परीक्षण गरीएको थियो । हन्ट्सभिलेमा अवतरण प्रणालीको बारेमा १० बर्ष भन्दा धेरै बेर कडा परिश्रम गरिएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्