Logo

क्यान्सरबाट नआत्तिनुहोस्, उपचारको विधि थाहापाउनुहोस्



क्यान्सर रोगहरूको एक वर्ग हो जसमा कोषिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि र रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ । यो गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइहाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्श भने लिनु पर्छ ।

यसका लक्षणहरु
दुखाइ
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाई महशुश भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाई कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

ड्ड ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापरवाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

दुब्लाउँदै जानु वा वजन कम हुनु
यदि तपाईँ एकाएक दुब्लाउन थाल्नु भयो वा शरीरको वजन एक वा डेढ सातामै १० प्रतिशतसम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरिक अभ्यास नै नगरिकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।

थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भयो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसाबको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकांश मानिस व्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् । तर, कहिलेकाहीं यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

रोग निरोधका उपाय
क्यान्सरको विकास हुन नदिनु हामीले यस्तो उपाय हरु अपनाउनुपर्छ:

  • कम तौल बन्न सम्भव भएसम्म दुब्लो हुनुहोस् । कम्तिमा दैनिक ३० मिनेट सम्म शारीरिक व्यायाम गर्नुहोस् ।
    चीसो पेय पद्धार्थलाई बेवास्ता गर्नुहोस् ।
  • उच्च क्यालोरीयुक्त खाद्य पदार्थहरूको खपत सीमित गर्नुहोस् ।
  • विशेष गरी फाइबर कम र फ्याट थपिएको खाना कम गर्नुहोस् ।
  • प्रोटिनयुक्त तरकारी सिमित सेवन गर्नुहोस् । आवश्यक फलफूल, सम्पूर्ण अन्नहरू, र फलफूलहरू धेरै मात्रमा खानु पर्दछ ।
  • रातो मासुको खपत सीमित गर्नुहोस्
  • दैनिकी रक्सीको मात्र धेरै कम गर्नु पर्छ ।
  • नुन (सोडियम) को साथ संशाधित नुनिलो खाना र खानपान सीमित गर्नुहोस् ।
  • क्यान्सर लाग्नै नदिने उपाय अपनाउनुहोस् । आमाले विशेष रूपमा आफ्ना बच्चाहरूलाई छ महिनासम्म स्तनपान गराउनुपर्छ र त्यसपछि अन्य तरल पदार्थ र खाद्य पदार्थहरू खुवाउनु पर्छ ।
  • उपचार पछि, क्यान्सरबाट बच्नेहरूले क्यान्सर रोकथामको लागि सिफारिसहरू अनुसरण गर्नुपर्दछ ।

अन्तिममा हामीले आफ्नो सरिर को पी एच भ्यालुलाइ नियन्त्रणमा राख्नु पर्ने हुन्छ । हाम्रो शरीरमा एसिड को मात्र धेरै भएको कारण हामीले यसलाई सकेसम्म बेसिक बनाउनु पर्ने हुन्छ । एसिड को मात्र काम भएमा हाम्रो शरीरमा क्यान्सरबाट लड्ने क्षमता बढ्छ । स्वस्थ रहनु नै जीवन को उद्देश्य हो ।



प्रतिक्रिया दिनुहोस्