Logo

काश्मिरमा विद्यालय खुले



जम्मु र काश्मिरका विद्यालयहरू लगातार १५ औं दिन बन्द रहेपछि खुलेको छ । १९ अगष्ट सोमबार विद्यालय विद्यार्थीहरुको संख्या भने सामान्य अवस्था जस्तो थिएन । निजि विद्यालयहरु अझ खुल्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अभिभावकहरु अझै छोराछोरीलाई विद्यालय पठाउन डराइरहेका छन् । कतिपय जिल्लाहरुमा विद्यालय बन्द भएपनि राजधानी श्रीनगरमा विद्यालय खुले ।

सोमबारदेखि प्राथमिक तहसम्म विद्यालय खोल्ने र सबै सरकारी कार्यालयहरू कार्यान्वयन गर्ने योजना अनुसार काम भएको हो । यसअघि भारत सरकारले काश्मिरलाई दिदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो । उक्त निर्णयपछि त्यहाँ निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता काश्मिर उपत्यकाका बजारहरू र यातायात सडक बन्द थिए । प्रतिबन्धहरू कम भएपछि सहरमा निजी वाहनहरूको आवागमन बढ्यो । सञ्चार विस्तारै सुचारु गराइयो । Photo: Northlines



प्रतिक्रिया दिनुहोस्