Logo

कालो धन र आतंकवादमा लगानीविरुद्ध भारतले किन दियो नेपालीलाई तालिम



काठमाडौं । भारत सरकारले २० जना नेपाल सरकारका अधिकृतहरुलाई विशेष प्रकारको तालिम दिइरहेको छ । १९ अगष्टबाट फरिदावादमा शुरु गरिएको तालिम छ दिनसम्म चल्नेछ ।

तालिममा सहभागी २० नेपाली अधिकृतहरुले कालो धनलाई वैध बनाउने गतिविधि र आतंकवादमा त्यस्ता धनहरु लगानी हुने गतिविधिलाई रोक्ने उपायबारे सिक्नेछन् । नेपाल सरकारको अनुरोधमा भारतले उक्त तालिम फरिदावादस्थित नेष्नल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट टैक्सेस र नाकोर्टिक्समा आयोजना भएको हो ।

भारत सरकारका अनुसार यो तालिम भारत सरकारको पूर्ण सहयोगमा संचालित छ । भारतीय राजदूतावासका अनुसार यो नेपाल र भारतबीचको सहयोग आदानप्रदान र क्षमता अभिवृद्धिका लागि राखिएको कार्यक्रम हो । यसै वर्षको अक्टोबर र डिसेम्बरमा थप ४० जना अधिकृतहरुले यस्तै तालिम लिनेछन् । तस्वीर स्रोतः भारतीय राजदूतावास



प्रतिक्रिया दिनुहोस्