Logo

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा थप तीन बिमा कम्पनी समावेश



काठमाण्डौं, २ भदौ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङले एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्ससंग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कम्पनीका उपाध्यक्ष सौरभराज थपलिया, प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख अपरेटिङ अधिकृत राजेश गिरी तथा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियरका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र ओरियन्टलका क्षेत्रीय प्रबन्धक एमडी नायरले उक्त सम्झौता हस्ताक्षर गरेकोे कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार दुर्घट्ना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ता सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरमा सिधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्नेछन् । कम्पनीले हालसम्म चारवटा बिमा कम्पनीसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्