Logo

मेगा बैंकद्वारा एक्सटेन्सन काउन्टर विस्तार



काठमाडौं, २ भदौ । मेगा बैंक नेपालले काठमाडौंको स्वयम्भु ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थापन कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

बैंकद्धारा जारी विज्ञप्तीअनुसार एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीलाई सहज हुने विश्वास लिईएको छ । त्यस्तै, मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । अन्य सरकारी कार्यालयमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने योजना सार्वजनिक गर्दे बैंकले १ सय २ शाखा मार्फत सेवा दिदै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्