Logo

अफगानिस्तान भन्दै दुबई ! एजेन्ट र म्यानपावरबाट ठगी



काठमाडौं ३ भदौ । अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्यो– अब दुःखका दिन सकिए । अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन ।

दुई वर्ष मलेसियाको रोजगारीमा बिताउँदा खासै उपलब्धि हात नपारेपछि खाडी मुलुक उनको प्राथमिकतामा पर्न सकेका थिएनन् । खाडी र मलेसिया र्ग राम्रो पारिश्रमिक नपाइने र युरोप, अमेरिका जाने हैसियत नभएका उनले राम्रो गन्तब्य खोजिरहेका बेला साथीमार्फत अफगानिस्तान जान पाइने खबर सुनेपछि भाग्य चम्केको अनुभवसमेत गरेका थिए ।

साथीको लहैलहैमा अफगानिस्तान जाँदा भाग्य चम्कने ठाने पनि त्यो मुलुक कस्तो हो र जान पाइन्छ वा पाइँदैन भन्ने यकिन नगर्दा भने उनलाई अहिले आम्दानी होइन, ऋणको भार बोकाएको छ ।

केही वर्ष नेपाली सेनामा काम गरेकाले दलालले उनलाई अफगानिस्तानमा सुरक्षा गार्डको राम्रो सम्भावना रहेको प्रलोभन देखाएका थिए । मासिक एक हजार दुई सय अमेरिकी डलर (करिब एक लाख तीस हजार रुपैयाँ) पारिश्रमिक पाइने एजेन्टको प्रलोभनलाई पत्याउँदा थापा यतिखेर घर न घाट भएका छन् ।

थापालाई एजेन्ट र म्यानपावरले संयुक्त अरब इमिरेट्सको दुबईमा अलपत्र पारेपछि समस्या सिर्जना भएको हो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्