Logo

बिदाका दिनसमेत स्वास्थ्य संस्था खुला रहने



सल्यान। त्रिवेणी गाउँपालिकाले ३६५ दिन नै स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाको दिनसमेत स्वास्थ्य सेवा प्राप्त गर्ने गरी स्वास्थ्य संस्था खुला राख्ने व्यवस्था गरिएको हो ।

गाउँपालिकाभित्रका चार स्वास्थ्यचौकी र दुई सामुदायिक स्वास्थ्य एकाइ खुला राखेर सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका नागरिकले बिदाका दिन पनि सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले भनाई रहेको छ ।

“गाउँपालिकाभित्रका नागरिक सानो–सानो बिरामी हुँदा मेडिकल र जिल्ला बाहिर नजाउन् र सरकारी स्वास्थ्य संस्थाबाटै सेवा प्राप्त गर्न सकुन् भनेर यो व्यवस्था गरिएको हो, अब वर्षभरि गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्था खुला रहनेछन्”, अध्यक्ष डाँगीले बताए ।



प्रतिक्रिया दिनुहोस्