Logo

पाकिस्तानका सेनाप्रमुखको कार्यकाल तीन वर्ष थपियो



पाकिस्तानका सेनाप्रमुखको कार्यकाल तीन वर्ष थपिएको छ । पाकिस्तान प्रधानमन्त्री प्रधानमन्त्री इमरान खानले सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका हुन् । सुरक्षास्थितिलाई ध्यानमा राखेर बाज्वाको कार्यकाल थपिएको पाकिस्तानी प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानमा सेना निकै शक्तिशाली छ । उसको राजनीतिमा समेत दबदबा रहन्छ ।

Press release of Prime Minister Pakistan

सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चर्चामा थियो। बाज्वाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व सम्हालेका थिए। उनलाई तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए ।

पुरानो नियुक्तिअनुसार जनरल बाज्वा यही नोभेम्बरमा सेवानिवृत्त हुँदै थिए । प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएकोसूचनाअनुसार जनरल कमर जावेद बाज्वालाई तीन वर्षका लागि अतिरिक्त कार्यकालका लागि सेनापतिमा नियुक्त गरिएको हो। यो कार्यकाल उनको वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुनेछ।

भारतले भारत प्रशासित काश्मिरको संविधानप्रदत्त विशेषाधिकार खारेज गरेपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको बेलामा पाकिस्तानी सेनाप्रमुखको कार्यकाल थपिएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्